Logo शुक्रवार, आश्विन २३ गते २०८३
Logo शुक्रवार, आश्विन २३ गते २०८३
  • fnjjapan2017@gmail.com
समाचार

पत्रकार महासंघ जापान शाखाको स्थापना दिवसको अवसरमा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले १३औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ। स्थापना दिवसको अवसरमा महासंघले आइतबार चिवा स्थित हातेमालो हाउसमा फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु लगाएतका कार्यक्रम गरि मनाएको हो ।  कार्यक्रममा ३० भन्दा बढि पत्रकारको सहभागिता रहेको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो।

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिमको सहजिकरण प्राध्यापक डाक्टर तोसिआकी ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गर्नु भएको थियो ।  पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु आयोजना गरेको अध्यक्ष पहरीले बताउनु भयो ।कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो।

तीन चरणमा संचालन भएको कार्यक्रममा पत्रकार महासंघ जापान शाखाको कार्यसमिति तथा सल्लाहकार सहितको बैठक,  फोटो तथा भिडियो पत्रकारिता तालिम र विविक्यू गरि कार्यक्रम सम्पन्न भएको थियो।

पत्रकार महासंघ जापान शाखाको स्थापना दिवसको अवसरमा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न