Logo बिहिवार, आश्विन २२ गते २०८३
Logo बिहिवार, आश्विन २२ गते २०८३
  • fnjjapan2017@gmail.com
समाचार

टोकियोमा नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस मनाइयो (फोटो फिचरसहित)

टोकियो l नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा कार्यरत नेपाली पत्रकारहरूको सहभागितामा महासंघको ७१ औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।

कार्यक्रममा जापान शाखाका संस्थापक अध्यक्ष तथा सल्लाहकार तिलक मल्ल, निवर्तमान अध्यक्ष तथा सल्लाहकार शान्त पहारी, जापान शाखा अध्यक्ष रविन्द्र श्रेष्ठ, कार्यसमिति पदाधिकारी तथा सदस्यहरूका साथै जापानमा सक्रिय पत्रकारहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा पत्रकारिताको वर्तमान अवस्था, प्रवासी नेपाली मिडियाको भूमिका तथा यस क्षेत्रका चुनौतीहरूबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले पत्रकारिताको मूल्यमान्यता कायम राख्दै पेशागत एकता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

fnj 1.jpeg

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा महासंघ निरन्तर क्रियाशील रहेको बताइन्। उनले कुनै पूर्वाग्रह विना स्वतन्त्र प्रेसको सम्मान गर्न सरकारलाई आग्रह गर्दै श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणमा महासंघ सदैव अग्रसर रहने स्पष्ट पारिन्।

संस्थापक अध्यक्ष तिलक मल्लले बदलिँदो समय सन्दर्भमा प्रवासमा रहेका पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरे। उनले जापानमा रहेका नेपालीहरूको अवस्था, भिसा प्रणाली तथा सरकारका नीतिगत परिवर्तन बारे गहिरो अध्ययन गरी तथ्यपरक सूचना सम्प्रेषण गर्नु पर्ने आवश्यकता औँल्याए।

fnj 3.jpegशाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जापानमा रहेका पत्रकारहरूको हकहित संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रकारहरू बीच आपसी सहकार्य र समन्वय अपरिहार्य रहेको बताए।

निवर्तमान अध्यक्ष शान्त पहारीले प्रवासमा रहेका पत्रकारहरूले नेपाली समुदायका दुःख पीडामा साथ दिँदै जिम्मेवार पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याए।

महासंघका सचिव अर्जुन लामिछानेद्वारा सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले गरेका थिए।

fnj5.jpeg

fnj3.jpeg